२०८१ मंसिर १६, आइतवार , १०:१५:०८ बजे

Sajhamanch
'

भारतपछि चन्द्रमामा यान अवतरण गराउने दौडमा जापान, गर्‍यो सफल प्रक्षेपण

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । जापानले चन्द्र धरातलमा अवतरण गराउने उद्देश्यले यस वर्षको चौथो प्रयासका रुपमा अन्तरिक्षयानको सफल प्रक्षेपण गरेको छ ।

सबै कुरा योजनाअनुरूप अघि बढेमा अन्तरिक्षयानमा रहेको ‘मुन स्नाइपर’ नामक ल्यान्डर आउँदो फेब्रुअरीमा चन्द्रमा अवतरण गर्ने प्रयास गर्ने अपेक्षा गरिएको छ ।

गएको वर्ष जापान दुईपटक चन्द्रमाको सतहमा यान अवतरण गराउने प्रयासमा असफल भएको छ । रूस, अमेरिका, चीन र भारतपछि चन्द्रमामा अवतरण गर्ने पाँचौँ देश बन्ने दौडमा जापान रहेको छ ।

दुई साताअघि मात्रै भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गरेर इतिहास रचेको छ ।

जापानको अन्तरिक्ष यानले चन्द्रमामा रहेको शिओली क्रेटरको १०० मिटर आसपासमा अवतरण गर्नेछ । चार महिनामा चन्द्रमाको कक्षमा प्रवेश गर्ने यानले फेब्रुअरीमा अवतरणको प्रयास गर्नु अघि एक महिना चन्द्रमाको परिक्रमा गर्नेछ ।

यो १० करोड अमेरिकी डलरको मिसन हो । चन्द्रयान–३ सात करोड ५० लाख अमेरिकी डलरको योजना थियो ।

सम्बन्धित खबर