२०८२ वैशाख २८, आइतवार , ०३:३५:४६ बजे

Sajhamanch
'

आइसीसी विश्वकप क्रिकेटको लागि अष्ट्रेलियाद्वारा टोली घोषणा

बुधवार, भदौ २०, २०८०

काठमाडौँ । अष्ट्रेलियाले सन २०२३ को अक्टुबरमा आयोजना हुने आइसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि टोलीको घोषणा गरेको छ।

प्याट कमिन्सको कप्तानीमा अष्ट्रेलियाले १५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। गत महिना १८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको aअष्ट्रेलियाले टोलीबाट लेग स्पिनर तनवीर साङ्घा, तीव्र गतिका बलर नाथन एलिस र अलराउण्डर आरोन हार्डीलाई बाहिर राख्दै १५ सदस्यीय टोली घोषणा गरेको हो।

अष्ट्रेलियाली टोलीमा प्याट कमिन्स (कप्तान), सन एबोट, एस्टन एगर, एलेक्स केरी, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्रेभिस हेड, जोश इग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा रहेका छन्।

सम्बन्धित खबर