२०८१ असोज ४, शुक्रवार , ०३:४७:०१ बजे

Sajhamanch
'

साउदीमा श्रमिकको समस्या समाधानको विषयमा अन्तरक्रिया

सोमवार, भदौ १८, २०८०

काठमाडौं । साउदीको रियादमा ‘श्रमिक समस्या समाधानमा नेपाली राजदूतावास र नेपाली सामुदायिक संस्थाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली राजदूतावास रियाद र गैरआवसीय नेपाली संघ क्षेत्रीय समन्वय समिती रियादको सहकार्यमा भएको कार्यक्रममा राजदूतावासले सञ्चालन गरेको तथा अन्य उपयोगी अनलाइन लिंकसम्बन्धी जानकारी, ब्लड मनीसम्बन्धी व्यवस्थाको जानकारी गराइएको थियो ।

यस्तै, कम्पनीबाट जरिवाना तोकेका श्रमिकहरूको बारेमा, साउदी अरबमा आप्रवासी नेपालीहरूको तथ्यांक, गैरकानुनी हैसियतका श्रमिकको घर फिर्ता आदि विषयहरुमा समस्या समाधानमा नेपाली समुदाय र राजदूतावासको प्रभावकारी भूमिकाको बारेमा श्रम काउन्सेलर देवेन्द्र कार्की र द्वितीय सचिव टीकाराम उपाध्यायले ब्रिफिङ गरेको थिए ।

एनआरएनए आरसीसी रियादका अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजदूत नवराज सुबेदीले साउदी अरबमा समस्यामा परेका नेपाली श्रमिकहरुको हित र उद्धारका लागि राजदूतावास र क्रियाशील संघसंगठनहरूले सचेतनात्मक तथा सकारात्मक सन्देश प्रवाह गरेर समस्यालाई न्यूनीकरण गर्न सकिने बताए ।

सम्बन्धित खबर