२०८१ मंसिर १२, बुधवार , ०८:३४:३९ बजे

Sajhamanch
'

गण्डकी र लुम्बिनीमा बिहानैदेखि वर्षा, यी भू–भागमा हुनेछ दिउँसो भारी वर्षा

सोमवार, भदौ १८, २०८०

काठमाडौं । केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । विभिन्न प्रदेशमा आज मौसममा बदली र वर्षाको सम्भावना रहेको हो ।

बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भू–भागका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

सम्बन्धित खबर

आजको मौसम
बुधवार, मंसिर १२, २०८१
आजको मौसम
मङ्गलवार, मंसिर ११, २०८१
आजको मौसम
सोमवार, मंसिर १०, २०८१