२०८१ पौष २६, शुक्रवार , १२:४९:१६ बजे

Sajhamanch
'

पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी स्वदेश पठाउन सर्वोच्चको आदेश

आइतवार, भदौ १७, २०८०

काठमाडौं । सर्वोच्च अदालतले पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गर्न अध्यागमन विभागलगायत निकायका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र डा। मनोजकुमार शर्माको संयुक्त इजलासले शुक्रबार पाकिस्तानी नागरिक हईलाई रिहा गरी आफ्नै देश फिर्ता गराउन आदेश गरेको हो ।

भिसा नियमित नगरी नेपालमा बसेको दाबी गर्दै सरकारले पाकिस्तानी नागरिक हईलाई पक्राउ गरी सन् २०१९ अक्टोबर ७ तारिखदेखि थुनामा राखेको थियो । भिसा नियमित नगरी ८२३ दिन नेपाल बसेको उल्लेख गर्दै अध्यागमन विभागले सात लाख ८१ हजार ३८९ भिसा र विलम्ब शुल्क ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

उक्त रकम बुझाउन नसकेपछि पाकिस्तानी नागरिक हईलाई सात वर्ष कैद गर्ने गरी विभागले कारागार पठाएको थियो । थुनामुक्त गरी आफ्नो देश फिर्ता गर्न माग गर्दै हईले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । अदालतले न्यायिक मूल्य र मान्यताको पालना नभएको उल्लेख गर्दै हईलाई थुनामुक्त गरी आफ्नै देश पठाउन सरकारलाई आदेश दिएको हो ।

उक्त मुद्दामा अधिवक्ताद्वय विकास भट्टराई र मनीषकुमार श्रेष्ठले बहस गरेका थिए ।

सम्बन्धित खबर