२०८१ पौष २६, शुक्रवार , ०६:१६:४२ बजे

Sajhamanch
'

क्यानडामा ४२० स्थानमा डढेलो, ६५ हजारभन्दा बढी परिवार विस्थापित

शनिवार, भदौ १६, २०८०

काठमाडौं । क्यानडाका धेरै जंगलमा डढेलो लागेको छ । पश्चिमी प्रान्तका ब्रिटिस कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलहरूमा डढेलो लागेको हो । खडेरी र लामो समयसम्म बेमौसमी तापक्रम वृद्धिले डढेलो नियन्त्रणबाहिर रहेको बताइएको छ ।

२४ घण्टामा करिब २० ठाउँमा डढेलो लागेको छ । धेरैजसो डढेलो चट्याङका कारण लागेको हो । देशभर ४२० स्थानमा डढेलो लागेको बताइएको छ ।

सरकारले चार हजार २०० भन्दा बढी परिवारलाई जोखिम क्षेत्रबाट स्थानान्तरण गरेको छ । ६५ हजार बढीलाई स्थानान्तरण गराउन आदेश दिइएको छ । डढेलोको कारण प्रभावित प्रान्तमा दुई हप्ता आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

ब्रिटिस कोलम्बियाले गएको हिउँददेखि खडेरीको सामना गरिरहेको छ । उत्तरी क्षेत्रमा पानी नपर्दा आगो नियन्त्रणमा लिन समस्या भएको बताइएको छ ।

सम्बन्धित खबर