२०८१ मंसिर १४, शुक्रवार , ०२:३२:२६ बजे

Sajhamanch
'

कनकाई कांग्रेसको नगर सम्मेलनमा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरु सम्मानित

बुधवार, भदौ १३, २०८०

कनकाई । नेपाली कांग्रेस कनकाई नगर समितिको नगर सम्मेलन आज सम्पन्न गरिएको छ । नगर सम्मेलनको अवसरमा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरु राम गिरी, रमेशचन्द्र दाहाल, रामबाबु महर्जन, अन्नप्रसाद राजवंशी, दलबहादुर कुँवर, इन्द्रबहादुर थापा, लक्ष्मी शिवाकोटी लगायतलाई सम्मान गरिएको थियो ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सम्मेलनको उद्घाटन गर्दै नेपालमा राजनीतिक परिवर्तन भइसकेकाले अब जनताको जीवनस्तर परिवर्तनका लागि आर्थिक रुपान्तरणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

पार्टी संगठनलाई क्रियाशिल बनाउन जिल्लाका सबै वडातहमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य एवं महाधिवेशन प्रतिनिधिहरुलाई जिम्मेवारी दिएर पठाइएको बताउँदै विकास निर्माण एवं जनजीविकाका सवालमा उदाहरणीय कार्य गर्न कांग्रेस कार्यकर्तालाई उनले निर्देशन पनि गरे ।

नगर सभापति दुर्गाप्रसाद प्रसाईले नगरले हालसम्म गरेका काम एवं आगामी योजना समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै कनकाईमा कार्यसमिति विस्तार गरिएको, पार्टीका भातृ तथा शुभेच्छुक संघ संस्था गठन, संगठन विभाग गठन, विकास निर्माणको अनुगमन र खबरदारी गरिएको बताए ।

प्रशिक्षण विभाग, सूचना तथा प्रचार–प्रसार, कार्यक्रम तथा अभिलेख समिति विस्तार गरिएको जानकारी दिँदै सभापति प्रसाईले प्रशिक्षण कार्यक्रम सञ्चालन, वडा परिचालन एवं ५४ वटा टोल समिति गठन, प्रतिकूल परिस्थितिमा परेका कार्यकर्ता एवं नागरिकलाई सहयोग, विपदमा परेकालाई उद्धार, राहत लगायतका कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ ।

नगर सम्मेलनमा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य रञ्जिता कार्की, झापाका उपसभापति केशवराज पाण्डे, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, जिल्ला प्रतिनिधि पर्शुराम ढुङ्गाना, शिव कडेल लगायतले मन्तब्य राखेका थिए ।

नगर सभापति प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सन्तोष रायमाझी र सञ्चालन रेणुप्रसाद कडेलले गरेका थिए ।

सम्बन्धित खबर