२०८१ पौष ८, सोमवार , ०४:३१:४२ बजे

Sajhamanch
'

राहुल महरा पक्राउ, ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बुधवार, भदौ १३, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई आज बुधबार पक्राउ गरेको हो । उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिएको थियो ।

प्रहरीले १० दिन समय मागेको थियो । तर अदालतले ५ दिन दिएको छ ।