२०८१ पौष २४, बुधवार , ०३:३३:५८ बजे

Sajhamanch
'

सहारा नेपाल साकोसको ११औं विस्तारित भेला जारी

शनिवार, भदौ ९, २०८०

झापा। सहारा नेपाल साकोस लिमिटेडको ११औं विस्तारित बैठक बिर्तामोडमा सञ्चालन भइरहेको छ । कोशी प्रदेशका ६ वटा जिल्लामा विस्तारित संस्थाको ८० वटा सेवा केन्द्रबाट उपसमितिका पदाधिकारी बैठकमा सहभागी छन् ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा आयोजित विस्तारित बैठकमा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विगत र वर्तमानको विषयमा चर्चा गरेका छन् ।

सहारा नेपाललाई विश्वासको अर्को नामको संग्या‌ दिँदै कार्यकारी प्रमुख गिरीले सानाे बचत सानाे ऋणको नीति लिएको जानकारी दिए । चालू वर्ष सदस्य बृद्धि अभियान चलाएर युवालाई संस्थामा भित्राउने लक्ष्य लिइएको जनाउँदै उनले युथ एकाडेमी खोलेर शिक्षा, स्वास्थ्य, खेलकुद आदिमा अग्रसरता गराउने जनाए ।

सेयर डिभिडेन्टलाई भन्दा सुविधालाई ख्याल गर्न सुझाब दिँदै कार्यकारी प्रमुख गिरीले गतवर्ष र चालू वर्ष संस्थाले बाह्य ऋण घटाउँदै दुई अर्ब हाराहारीबाट १५ करोडमा झारिएको जानकारी दिए । गतवर्ष मात्र संस्थाले १ अर्ब १४ करोड रुपैयाँ साँवा र १५ करोड ब्याज तिरेर बाह्यऋण घटाउँदै लगिएको उनले जनाए ।

विस्तारित बैठकमा संस्थाका सहायक निर्देशक ईश्वरप्रसाद भट्टराईले समग्र वित्तीय अवस्थिति बारे प्रकास पारेका थिए । २०८० असार मसान्तमा सहारा नेपालको सदस्य संख्या १ लाख ५७ हजार ६०६ जना रहेका र सेयर पुँजी एक अर्ब ६३ करोड १४ लाख ५२ हजार १०० पुर्याइएको जनाए ।

संस्थाकाे कर्जा काराेबार अघिल्लो वर्षको १३ अर्बभन्दा घटेर ११ अर्बमा झरेकोले सुधार गर्न आवश्यकता औंल्याउँदै सहायक निर्देशक भट्टराईले भाका नाघेको कर्जा ४४ करोड र प्रोभिजन ११ करोड पुगेकोले यसलाई शून्यमा झार्न सेवा केन्द्र समितिको पनि सहयोगको अपेक्षा राखिएको जानकारी दिए ।

संस्थाले संरक्षित पुँजी फिर्ता कोषमार्फत चालू वर्ष ७ करोड ४२ लाख ७८ हजार ३३५ रुपैयाँ वितरण गरेको अवगत गराउँदै सहायक निर्देशक भट्टराईले ऋणको ब्याजमा ४ करोड ४५ लाख र बचतको ब्याजमा करिब ३ करोड फिर्ता गरिएको जनाए ।

संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाले सञ्चालन गरेको सो विस्तारित बैठकमा विभिन्न सेवा केन्द्रमा नियुक्त उपसमितिका संयोजक र सदस्यहरुलाई सम्मानरि गरिएको थियो ।

सम्बन्धित खबर