२०८१ मंसिर १७, सोमवार , ०५:४८:५१ बजे

Sajhamanch
'

इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला

बुधवार, भदौ ६, २०८०

काठमाडौं । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी ५ फेला परेको छ ।

मंगलबार दुईजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी ५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो ।

मन्त्रालयका अनुसार संक्रमित दुईजनामै सामान्य लक्षण देखिएको छ । उनीहरूमा कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएसँगै अन्य नागरिकहरूलाई बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

श्वासप्रश्वाससम्बन्धी रोगको पहिचानको लागि देशभरका ४५० अस्पतालले पठाएको रिपोर्ट चेकजाँच गर्दा दुईजनामाथि नयाँ भेरियन्ट पुष्टि भएको हो ।

इजी.५ ओमिक्रोन भेरियन्टको अंश हो । यसको पहिलो केस फेब्रुअरीमा पुष्टि भएको थियो । अगस्ट ९ मा विश्वस्वास्थ्य संगठनले इजी.५ लाई ओमिक्रोनको अर्को प्रकारको रुपमा वर्गीकरण गरेको थियो ।

सम्बन्धित खबर