२०८१ माघ २५, शुक्रवार , ०४:०१:०३ बजे

Sajhamanch
'

डेंगी संक्रमितको संख्या १७ हजार पुग्यो, कर्णालीबाहेक सबै प्रदेश रेड जोनमा

मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या १७ हजार नजिक पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकअनुसार जनवरीयता अगष्ट २१ सम्म १६ हजार ९९३ जनामा संक्रमण पुष्टि भएको छ । डेंगीका कारण यो वर्ष १२ जनाको मृत्यु भएको छ ।

डेंगीबाट सबैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन् । कर्णाली बाहेकका सबै प्रदेश रेड जोनमा परेका छन् । एक सयजनाभन्दा बढी संक्रमित भएका प्रदेशलाई इडीसीडीले रेड जोनमा राखेको छ ।

संक्रमितको संख्या सबैभन्दा धेरै कोसीमा १२ हजार ५४८ छ । वाग्मतीमा दुई हजार ८०६, गण्डकीमा ६२०, सुदूरपश्चिममा ५१३, लुम्बीनीमा ३१७,मधेसमा १४९ र कर्णालीमा ४० जना डेंगी संक्रमित भएका छन् ।

अगष्टका २१ दिनमा देशभर नौ हजार १५० संक्रमित थपिएको इडीसीडीको तथ्यांक छ ।

सम्बन्धित खबर