२०८१ मंसिर १७, सोमवार , ०३:१०:०० बजे

Sajhamanch
'

थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्रालाई आठ वर्षको जेल सजाय

मङ्गलवार, भदौ ५, २०८०

बैंकक । थाइल्यान्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उनको अनुपस्थितिमा आज अदालतले तीन अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको कारावासको सजाय सुनाएको हो ।

नेता सिनावात्रामाथि सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानुनी रूपमा सरकारी बैंकलाई विदेशी ऋण जारी गर्न आदेश दिएको र मनोनीत व्यक्तिमार्फत अवैध रूपमा सेयर राखेको कसुरमा दोषी ठह¥याइएको अदालतले जनाएको छ ।

थाइल्यान्डका विभाजनकारी नेताको उपमा पाएका सिनावात्रा १५ वर्षको निर्वासित जीवनपछि स्वदेश फर्केको केही घण्टामा नै जेलमा परेका छन् ।

पूर्वप्रधानमन्त्री सिनावात्राको राजनीतिक दल फेउ थाईका सदस्य एवं धनाढ्य व्यापारी श्रेथा थाविसिनलाई प्रधानमन्त्रीका रूपमा चयन गर्ने तयारी भएका बेला अदालतलबाट कारावासको सजाय भएको छ ।

७४ वर्षीय सिनावात्रालाई अदालतले जेल सजाय सुनाए पनि उनी कति दिन बन्दी बन्नेछन् भन्ने स्पष्ट नभएको अधिकारीहरूले बताएका छन् ।

सम्बन्धित खबर