२०८१ कार्तिक ३०, शुक्रवार , १०:१२:१७ बजे

Sajhamanch
'

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने

सोमवार, भदौ ४, २०८०

काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिँदै छन्।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

कोशीमा सभामुख रिक्त छ। उपसभामुख सिर्जना दनुवारले आजको बैठक सञ्चालन गर्नुपर्नेछ। बैठक सूचारू हुनेबेला सम्म एमालेले दनुवारलाई उपसभामुखबाट राजीनामा गराउने भय सत्तापक्षलाई छ।

त्यसो हँदा ज्ये प्रदेश सभा सचिवालयका अनुसार एमाले र राप्रपाका ज्येष्ठ सांसदहरुले आइतबारै सचिवालयमा बिदा मागेका छन्।

‘एमाले र राप्रपाका ज्येष्ठ सात जना सदस्यहरूले बैठकमा आउन नसक्ने जानकारी प्रदेश सभालाई दिनुभएको छ’, सचिवालयका एक कर्मचारीले भने।

प्रदेश सभा सचिवालयका अनुसार सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिने सांसदहरुमा एमालेका रोहिदबहादुर कार्की ७१, मालतीकुमारी लिम्बू ६७, रामप्रसाद महतो ६७, तारादेवी ढकाल ६६, खड्गबहादुर बस्नेत ६७, किशोरचन्द्र दुलाल ६५ र ज्ञानेन्द्र सुवेदी ६४ ले भोलिको बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा दिएका हुन्।

प्रदेश सभामा मुख्यमन्त्री थापालाई विश्वासको मत लिनबाट रोक्ने योजना अनुसार उनीहरु प्रदेशसभामा अनुपस्थित हुने भएका हुन्।

एमालेका जेष्ठ सदस्यले बैठकमा अनुपस्थित हुने सूचना दिएकोले उपसभामुख सिर्जना दनुवारको राजीनामाको संभावना देखिएको छ। एमालेबाहेक राप्रपाका अम्बरबहादुर विष्ट ६८ र गोपालबहादुर विश्वकर्मा ६५ पनि भोलिको बैठकमा उपस्थित नहुने जानकारी गराएका छन्।

कोशीमा यसअघि सरकार बनाउन सभामुखको हस्ताक्षर प्रयोग गरेको, सभामुखलाई राजीनामा दिन लगाएको र प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्री बनाएको थियो।

अहिले एमाले र राप्रपाले उपसभामुखदेखि ज्येष्ठ सदस्यसम्मलाई अनुपस्थित गराउने भएको छ। प्रदेशसभामा सत्तापक्षसँग ४७ सांसद छन्। एमाले मुख्यमन्त्री नेतृत्वको सरकार ढालेर कोशीमा सबैभन्दा ठूलो दलको हैसियतमा पुनः सरकारमा जाने खेलमा छ।

सम्बन्धित खबर