२०८१ माघ १, मङ्गलवार , ०९:०३:१० बजे

Sajhamanch
'

नेपाली काँग्रेसमा नयाँ अभ्यासः भद्रपुर नगर सम्मेलन सम्पन्न

शनिवार, भदौ २, २०८०

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले वर्तमान परिस्थितिमा काँग्रेसको शसक्त भूमिका निर्माणका लागि नागरिक स्तरबाट जनमत संकलन गर्नेे उद्देश्य राखेर भद्रपुर नगर सम्मेलन सम्पन्न गरेको छ ।

नगर सभापति रामबहादुर कँडेलको अध्यक्षता तथा केन्द्रीय सदस्य शुशिला ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा नगरबासीका गुनासा र नगर नेतृत्वले गरेका राम्रा कामको पहिचान दिन नसकेकोमा दुखेसो समेत पोखिएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य गोमाकुमारी भट्टराई, जिल्ला सभापति देउमान थेवे जिल्ला सदस्य रमेश पोखरेल, महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, महाधिवेशन प्रतिनिधि श्याम सिटौला लगायतले धारणा राखेका थिए ।

महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, नगर सदस्य, वडा सभापतिहरू, भातृ संघका सभापतिहरू, अग्रज संगठकहरू, कृयाशील सदस्यहरू लगायत नेपाली कांग्रेस पार्टीमा आस्था राख्ने व्यक्तिहरूको नगर सम्मेलनमा बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा नगर र वडामा भएका विकास निर्माण सम्बन्धी चर्चा, संगठन विस्तार लगायत विषयमा छलफल गर्दै अधिकांश बक्ताले काँग्रेस भद्रपुरको नेतृत्वले धेरै काम गरेका छौं भन्दै मख्ख परेर बस्दा जस अर्कैको टाउकामा पुग्न लागेकोमा आलोचना समेत भएको थियो ।

सम्मेलनको औचित्य माथि नगर उपसभापति रमेशचन्द्र झाले प्रकाश पारेको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल तथा नगर सभापति रामबहादुर कँडेलले जवाफ दिँदै नीति, सिद्धान्त, व्यवहार र आचरणको सुधार गर्दै नगरको उन्नतिका लागि काम गरिरहेकोे बताएका थिए । सम्मेलनमा सहभागीहरुले नेतृत्वलाई पार्टी गतिशील बनाउन सुझाव दिएका थिए ।

सम्बन्धित खबर