![](https://sajhamanch.com/wp-content/uploads/2023/08/1692078823_himanchal-1200x560-1.jpg)
काठमाडौँ । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी ५५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टा यता हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म ५५ जना भन्दा बढीले ज्यान गुमाएको भारतीय मिडियाले जनाएका छन्। साथै पहिरोले १० करोड बढीको क्षति गराएको हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले बताए।
भारतको हिमाञ्चल प्रदेश मनसुन शुरु भएयता बढी प्रभावित बनेको छ । खराब मौसमका कारण सोमवार हिमाञ्चल प्रदेशका शैक्षिक संस्थाहरु बन्द गराइएको थियो ।