२०८२ साउन ११, आइतवार , ०७:०७:०२ बजे

Sajhamanch
'

फिफा महिला विश्वकपको पहिलो सेमिफाइनलमा स्पेन र स्वीडेन भिड्दै

मङ्गलवार, साउन ३०, २०८०

महिला विश्वकप फुटबलको पहिलो सेमिफाइनल आज हुँदै छ। अष्ट्रेलियाको इडेन पार्कमा गत संस्करणमा तेस्रो भएको स्वीडेन र पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको स्पेनबीच नेपाली समय अनुसार आज दिउँसो पौने २ बजे खेल हुनेछ। फिफा बरियतामा स्वीडेन तेस्रो स्थानमा छ भने स्पेन छैटौँ।

क्वार्टरफाइनलमा पूर्व विजेता जापानलाई २–१ गोलले हराउँदै स्वीडेन अन्तिम ४ मा पुगेको हो। एसियाली पावर हाउस जापानलाई रोकेर सेमिफाइनल पुगेको स्विडेन महिला टिमलाई प्रायः भन्ने गरिन्छ, देशको ‘स्वर्णिम’ पुस्ताका खेलाडी छन्। तर यही टिमले पनि अहिलेसम्म ठूलो उपाधि भने जित्न सकेको छैन।

सेमिफाइनल पुग्ने क्रममा स्विडेनले दुई ठूला खेल भने जितेको छ। त्यसमध्ये पहिलो जित त डिफेन्डिङ च्याम्पियन अमेरिकाविरुद्ध रहेको छ । अर्को जित पूर्वविजेता जापानविरुद्ध। यी दुवै खेलमा जित निकाल्न सक्नु पनि स्विडेनी टिमका लागि ठूलो उपलब्धि रहेको छ। अन्तिम १६ मै अमेरिकालाई रोकेको स्वीडेनले एसियाली पावरहाउस जापानलाई अन्तिम आठमा रोकेको हो।

स्वीडेन यो विश्वकपमा अपराजित छ। समूह चरणमा इटालीमाथि ५–० को जित निकालेको स्वीडेनले अर्जेन्टिनालाई २–० हराएको थियो। त्यस्तै दक्षिण कोरियामाथि २–१ को जित दर्ता गरेको थियो।दोस्रो सेमिफाइनलमा बुधबार आयोजक अस्ट्रेलिया र इंग्ल्याण्डबीच हुनेछ।

सम्बन्धित खबर