२०८१ कार्तिक २९, बिहिवार , ०८:१०:४७ बजे

Sajhamanch
'

कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालले लिए पद तथा गोपनियताको शपथ

सोमवार, साउन २९, २०८०

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायधिवक्ता बुद्धिबहादुर कटुवाललाई उच्च अदालत विराटनगरका कामु मुख्यन्यायधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथ गराएक छन् ।

प्रदेश प्रमुख परशुराम खापुङको समुपस्थितिमा प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा आजै प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम कोशी प्रदेशको मुख्यन्यायधिवक्ता पदमा सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका वडा नं. ३ का अधिवक्ता श्री बुद्धिबहादुर कटुवाललाई नियुक्त गरेका थिए ।

सम्बन्धित खबर