२०८१ पौष १२, शुक्रवार , ०६:४६:४७ बजे

Sajhamanch
'

गरिबी निवारण र विकासमा ध्यान दिन मुख्यमन्त्री थापाको निर्देशन

आइतवार, साउन २८, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरिबी निवारण र विकासका काममा प्रदेश सरकारको नीतिगत निर्णयलाई सक्रितासाथ कार्यान्वयन गर्न मातहत मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

प्रदेश सरकारका विषयगत मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले विविध कारणले अड्किएका कामहरुलाई सचिवस्तर, मुख्यमन्त्री कार्यालय र प्रदेशसभाबाट बाधा अड्काउ फुकाउ गर्दै अघि बढनुपर्ने समेत सुझाएका छन् । प्रदेशस्तरबाट समाधान हुन नसक्ने समस्यालाई संघीय सरकार समक्ष सिफारिस गरेर कार्यान्वयन गर्नुपर्ने मुख्यमन्त्री थापाको जोड थियो ।

मुख्यमन्त्रीको कार्यालयमा आयोजित समीक्षा कार्यक्रममा मुख्यमन्त्रीको कार्यालयसहित सबै मन्त्रालयका सचिवहरुले आ–आफ्नो जिम्मेवारीमा रहेका मन्त्रालयको प्रगति विवरण, समस्या र समाधानका उपायहरुका बारेमा प्रस्तुतिकरण गरेका थिए । त्यसैगरी प्रदेश लोकसेवा आयोग र प्रदेशसभा सचिवालयका सचिवहरुले पनि आ–आफ्ना निकायका प्रगति विवरण प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।

मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषद् सचिवालयका प्रमुख सचिव डा. दिपक काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा विभागी मन्त्रीहरुले आफ्नो मन्त्रालय र यसका विषयमा उठेका सवालहरु र समाधानका विषयमा काम गर्न सचिवहरुलाई निर्देशन दिएका थिए ।