२०८१ माघ ३, बिहिवार , १०:२३:०५ बजे

Sajhamanch
'

शिक्षक कर्मचारीका समस्या हल नहुने ऐन जारी नगर्न माग

सोमवार, साउन २९, २०८०

भद्रपुर । शिक्षक महासंघ भद्रपुर नगर समितिले प्रस्तावित शिक्षा ऐनले शिक्षक कर्मचारीका समस्या हल नहुने भन्दै संघीय शिक्षा मन्त्रालयलाई स्मरण पत्र पठाउँदै नगरपालिकामा धर्ना दिएको छ ।

महासंघका भद्रपुर नगर अध्यक्ष गणेश गिरीको नेतृत्वमा गएको शिक्षक कर्मचारीको टोलीले सरकारसित विगतमा भएका सहमति स्मरण गराउँदै संघीय शिक्षा मन्त्रालयलाई पत्र पठाउँदै नगरपालिकामा ३ घण्टा धर्ना दिएको हो ।

विगतमा शिक्षक कर्मचारीका माग सम्बन्धमा सरकारले विभिन्न समयमा गरेका सहमति बिर्सिएर सरकारले शिक्षा ऐन जारी गर्न लागेकोमा महासंघ आन्दोलनमा उत्रनु परेको जानकारी गराउँदै अध्यक्ष गिरीले भद्रपुर नगरप्रमुख गणेश पोखरेल तथा उपप्रमुख राधा कार्कीलाई साक्षी राख्दै प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीमार्फत नेपाल सरकारलाई स्मरण पत्र बुझाएको थियो ।

धर्नामा शिक्षक कर्मचारी सम्बद्ध विभिन्न पेशागत संघ संगठनले ऐक्यवद्धता जाहेर गर्दै शिक्षा ऐन परिमार्जन गरेर मात्र जारी हुनुपर्ने माग राखेका छन् ।

सम्बन्धित खबर