२०८१ पौष २६, शुक्रवार , ०१:२४:४२ बजे

Sajhamanch
'

भिषण आगलागीले अमेरिकाको हवाईमा आपतकाल, कम्तीमा ३६ जनाको निधन

बिहिवार, साउन २५, २०८०

काठमाडौं । संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउ टापुमा भएको भिषण आगलागीमा कम्तीमा ३६ जनाको मृत्यु भएको बताइएको छ । भिषण आगलागी जारी रहँदा राज्यले मंगलबार आपतकालीन अवस्था घोषणा गरेको छ ।

हावाले डढेलो फैलाउन इन्धनजस्तो काम गरिरहेको बताइएको छ । डढेलो लागेको क्षेत्रबाट अधिकारीहरूले ११ हजार मानिसहरुलाई स्थानान्तरण गरेको बताएका छन् ।

टापुको लाहाइना क्षेत्र सम्भवतः सबैभन्दा बढी प्रभावित क्षेत्र भएको र त्यहाँ अधिकारीहरूले आगो नियन्त्रण गर्न संघर्ष गरिरहेको बताइएको छ ।

आगलागीबाट २७१ भन्दा बढी संरचना क्षतिग्रस्त र ध्वस्त भएको बताइएको छ । हवाईकी कार्यवाहक गभर्नर सिल्भिया लुकले आगलागीबाट रिकभर हुन लामो समय लाग्ने बताएकी छन् ।

आगो निभाउन सैन्य प्रतिक्रियाको नेतृत्व गरिरहेका मेजर जनरल केनेथ हाराले अग्नि नियन्त्रकहरूले हालसम्म एक लाख ५० हजार ग्यालन भन्दा बढी पानी प्रयोग गरिसकेको बताएका छन् ।

आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको तर १३६ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहँदा उद्धार कार्य चूनौतीपूर्ण रहेको उनले बताएका छन् ।

सम्बन्धित खबर