
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।
साउन ५ गते संसदमा कांग्रेस सांसद शर्माले सुन तस्करी प्रकरणमा सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएका थिए ।
यसैबीच, मोरङ क्षेत्र नम्बर–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराइएको छ।
प्रहरी अतिरिक्त महानिर्देशक किरण बज्राचार्यले सांसद शर्मा पक्राउ परेको जानकारीसहितको पत्र सभामुख घिमिरेलाई पठाएका हुन् । सांसद शर्माले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोप छ।
प्रहरीले सभामुख घिमिरेलाई पत्र पठाएर दिएको जानकारीमा पनि सांसद शर्माको शैक्षिक प्रमाण पत्रबारेका विषय अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख छ।