संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारी कारागारामा कैदीबन्दीबीच कुटाकुट हुँदा दुईजनाको मृत्यु भएको छ ।
संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारका अनुसार आकाश बलामी र विनोद तोलांगीको मृत्यु भएको हो । आकाश चोरी र विनोद जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेकाहरू हुन् ।
कारागारको शौचालयको झ्याल काटेर भाग्न खोज्दा कैदीहरुलाई नियन्त्रणमा लिएर भित्रै राखिएको थियो । त्यसलगत्तै भित्र कुटाकुट गरेपछि दुईजनाको मृत्यु भएको प्रहरीको भनाई छ ।
घटनाको थप अनुसन्धान भइरहेको डीएसपी गोदारले बताए ।