२०८१ मंसिर १४, शुक्रवार , ०४:३९:४८ बजे

Sajhamanch
'

तामाङ र मगर समुदायद्वारा गृहमन्त्रीलाई ज्ञापन : अधिवक्ता पाण्डे र ज्यादती गर्ने प्रहरीलाई कारबाहीको माग

मङ्गलवार, साउन २३, २०८०

झापा । झापाका तामाङ र मगर समुदायले विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिगार्न खोज्ने अधिवक्ता भगवती पाण्डे र उनलाई पक्राउ गर्न माग्दै गर्दै गरिएको आन्दोलनमा दमन गर्ने टेकु प्रहरीमाथि कारबाहीको माग गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र पठाएका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत उनीहरुले गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् । सोमबार जिल्ला प्रशासन कार्यलय चन्द्रगढी पुगेका तामाङ र मगर समुदायका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समितिका सचिव मानबहादुर तामाङले ज्ञापनपत्र वाचन गरेर नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समितिका अध्यक्ष जगत तामाङ र नेपाल मगर संघका जिल्ला अध्यक्ष विकास थापा मगरले प्रजिअ पोखरेललाई हस्तनान्तरण गरेका हुन् ।

ज्ञापनपत्रमा शान्तिपूर्ण आन्दोलनका क्रममा कानून विपरीत पक्राउ गरी हिरासतमा लिएर चरम यातना दिने प्रहरी र अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाहीको माग गरिएको छ ।

पक्राउ पुर्जी जारी भएर पनि उन्मुक्ति दिन खोजिएको भन्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको समन्वयमा गत साउन १७ गते टेकु प्रहरी परिसर काठमाडौंमा आयोजित धर्नामा प्रहरीले अनावश्यक बल प्रयोग गरी तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो ।

उक्त घटनाको घोर भत्र्सना गर्दै ज्ञापनपत्रमा घाइतेहरुको उपचार गर्न र उचित क्षतिपूर्ती दिनसमेत मृहमन्त्री समक्ष माग गरिएको छ । ज्ञापनपत्र बुझाए पश्चात कोणसभाको आयोजना गरिएको थियो । आन्दोलनरत पक्षले सोमबार झापासहित देशभरका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको थियो ।

चन्द्रगढीमा भएको कोणसभालाई नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य पदमबहादुर तामाङ (देवराज), प्रदेश मुख्यसचिव तिलक पाख्रिन तामाङ, प्रदेश सदस्य जसकुमार तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति अध्यक्ष जगत तामाङ, नेपाल मगर संघका जिल्ला अध्यक्ष विकास थापा मगर, नेपाल तामाङ घेदुङ जिल्ला उपाध्यक्ष जसमाया तामाङ, नेपाल तामाङ विद्यार्थी घेदुङका संघीय सचिव हैकमराज घिसिङ र पालिका अध्यक्षहरुको तर्फबाट नेपाल तामाङ घेदुङ भद्रपुर नगर अध्यक्ष बसन्त तामाङ लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित खबर