काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा सोमबार नकआउट चरणका दुई खेल हुँदैछ । पहिलो खेलमा इंग्ल्याण्डले नाइजेरियाको सामना गर्नेछ । युरोपियन च्याम्पियन इंग्ल्याण्डलाई जारी विश्वकपको उपाधि दावेदारको रुपमा हेरिएको छ ।
समुह चरणमा तिन खेलबाट ९ अंक जोडेको इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नाइजेरिया भने समुह चरणमा ५ अंक जोड्दै उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । सोमबार हुने दोस्रो खेलमा आयोजक अष्ट्रेलियाले डेनमार्कको सामना गर्नेछ । समुह बि को विजेता अष्ट्रेलियाले समुहका तिनमध्ये दुई खेल जितेको थियो भने एक खेल बराबरी गरेको थियो । उता डेनमार्कले समुह चरणका दुई खेल जित्दा एक खेल गुमाएको थियो ।
महिला विश्वकपमा आइतबारका खेलहरु जित्दै स्विडेन र नेदरल्याण्ड्स क्वाटरफाइनलमा पुगेका छन् । स्विडेनले चार पटकको विश्वविजेता अमेरिकालाई सडन डेथमा पराजित गर्दा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई २–० ले हराएको हो ।