२०८१ पौष १२, शुक्रवार , ११:१७:५४ बजे

Sajhamanch
'

बुद्धशान्ति १ मा नागरिकसँग जनप्रतिनिधि कार्यक्रम

शनिवार, साउन २०, २०८०

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरू गरेको छ । वडाले आज सर्पदशंसँग सम्बन्धित सचेतना कार्यक्रम गर्दै नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरू गरेको हो ।

वडाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्तिले गरेको थियो । वडा अध्यक्ष अनिल वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य तुलसा खतिवडा रेग्मीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् । तालिमको सहजीकरण हरिकान्त पोख्रेलले गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्तिका सभापति पुष्प भट्टराई, टोल विकास संस्थाका अध्यक्ष नेत्र बाँस्तोला, नमूना आधारभूत विद्यालयका प्रधानाध्यापक गायत्रा ढुंगेल, तीनतले सामुदायिक वनकी सचिव गंगा आचार्य लगायतले मन्तव्य राखेका थिए ।

सहजकर्ता पोखरेलले धेरै विषालु र कम विषालु सर्प कसरी चिन्ने ? सर्पले डसे के गर्ने–के नगर्ने ? सर्पले डसे प्राथमिक उपचार कसरी गर्ने ? सर्पले डस्नबाट कसरी जोगिने ? सर्प वातावरणसँग हानिकारक कि आवश्यक ? जस्ता प्रश्नहरुमाथि प्रष्ट पारेका थिए ।

बुद्धशान्ति १ को आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख कल्पना चापागाईंले संचालन गरेको कार्यक्रममा सर्पको डसाई, अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी लिने र लिएको जानकारी सबैले आफ्नो आफ्नो गाउँ टोलबासीमा फैलाउने प्रतिबद्धता समेत गरिएको छ ।

सम्बन्धित खबर