२०८१ कार्तिक २, शुक्रवार , १०:०९:३० बजे

Sajhamanch
'

युरोपमा भाग्य चम्काउन गइन् सावित्रा

बुधवार, साउन १७, २०८०

काठमाडौं । युरोपियन फुटबल लिगको अनुभव बटुल्ने उद्देश्यका साथ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी मंगलबार इजरायल प्रस्थान गरेकी छिन् । नेपालको फुटबल इतिहासमा उनी युरोपियन लिग खेल्ने पहिलो खेलाडी हुनेछिन् ।

इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा उनी एक सिजनका लागि अनुबन्ध भएकी हुन् । इजरायल एसियाली राष्ट्र हो । तर, इजरायलले फुटबलको अबद्धता भने युरोपियन फुटबल महासंघबाट लिएको छ । यसै कारण इजरायलले युरोपियन लिग खेलिरहेको हो । सावित्रा इजरायलको होपायल रानानामा आबद्ध छिन् ।

नेपालकै एक नम्बर महिला स्ट्राइकर सावित्राले राष्ट्रिय टोलीबाट ४५ खेलमा सर्वाधिक ४४ गोल गरेकी छिन् । घरेलु फुटबलमा उनी विभागीय टोली एपिएफसँग आबद्ध छिन् । गतवर्ष उनले भारतीय महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

भारतीय लिगमा उनले तीन सिजन बिताइसकेकी छिन् । यसक्रममा उनले गत सिजन गोकुलम केरला एफसीलाई उपाधि दिलाउन सर्वाधिक २९ गोल गरेकी थिइन् । गोकुलमबाट उनले गत सिजन केवल १० खेल मात्र खेलेकी थिइन् । सावित्राले पहिलोपटक विदेशी लिग माल्दिभ्समा खेलेकी थिइन् ।

सम्बन्धित खबर