![](https://sajhamanch.com/wp-content/uploads/2023/07/petrol-disel-pump-petrolium-noc-oil.jpg)
झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ मूल्य बढाएको छ भने एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ ।
आयल निगमले गत साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली सुरु गरेको थियो । सोहीअनुसार आइओसीबाट मूल्य बढेर आएका कारण नेपालमा पनि बढाउनु परेको आयल निगमका प्रवक्ताले आज साँझ जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मा झरेको छ ।