२०८१ मंसिर १०, सोमवार , ०७:२७:५६ बजे

Sajhamanch
'

सुरुङ्गामा रोटरियनहरुले खोले विभूति इन्भेष्टमेन्ट कम्पनी, कार्यालय पनि सञ्चालनमा

शनिवार, साउन १३, २०८०

कनकाई । रोटरी क्लब अफ सुरुङ्गामा आवद्ध रोटरियनहरुले मिलेर विभूति इन्भेष्टमेन्ट कम्पनी प्रालिको स्थापना गरी आजदेखि कार्यालय पनि सञ्चालनमा ल्याइएको छ ।

कम्पनीले कनकाई–३, सुरुङ्गास्थित कुमुदिनी कम्प्लेक्समा कार्यालय स्थापना गरेको हो । आय–आर्जनका विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्यले रोटरी क्लब अफ सुरुङ्गामा आवद्ध पदाधिकारी एवं सदस्यहरुबाट कम्पनी स्थापना भएको संस्थाका अध्यक्ष कुमारमणि पोखरेलले जनाए ।

सदस्यहरुबाट एक लाखदेखि १० लाख रुपैयाँसम्मको शेयर खरिद भएको सो कम्पनीले प्रारम्भिक चरणमै आय आर्जनका क्षेत्रहरुको पहिचान गरी गरेको लगानीले सफलताको संकेत देखाएको अध्यक्ष पोखरेल बताउँछन् ।

३० जना शेयर सदस्य रहेको कम्पनीको संचालक समिति अध्यक्षमा कुमारमणि पोखरेल र प्रबन्ध निर्देशकमा लुवराज उप्रेती रहेका छन् । कम्पनीको सञ्चालक समिति सदस्यहरुमा एल.पी.उप्रेती, डिल्लीराम मैनाली, खेमप्रसाद प्रसाई, शिवकुमार गिरी र विनिता मैनाली रहेका छन् । कम्पनीमा केही शेयर सदस्य थप हुन सक्नेगरी प्रस्तावसमेत आएको बताइएको छ ।

आर्थिक व्यवस्थापनलाई सदस्यहरुका बीचमा पारदर्शी बनाउने उद्देश्यले कार्यालय स्थापनाको अवसरमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक लुवराज उप्रेतीले हाल सम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

दुई करोड रुपैयाँसम्मको अधिकृत पुँजी रहने सो कम्पनीले आय आर्जनका क्षेत्रमा अत्यन्तै धेरै काम गर्नसक्ने उद्देश्य राखेको प्रबन्ध निर्देशक उप्रेती बताउँछन् ।

कम्पनीका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अग्रज शिक्षासेवी एवं रोटरियन अखिलकुमार कोइरालाले कम्पनीको कार्यालय समुद्घाटन गरेका हुन् ।

कार्यक्रममा शिक्षासेवी कोइरालासहित रोटरी क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एलपी उप्रेती, रोटरीका वर्तमान अध्यक्ष शिवकुमार कँडेल, चार्टर्ड एकाउन्टेन्ट एन्जिला मैनाली, पत्रकार रामप्रसाद निरौला लगायतले कम्पनीको सफलताको शुभकामना दिएका थिए ।

सम्बन्धित खबर