
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन गर्दा सभामुख बाबुराम गौतमको सहभागिता अवैधानिक ठहर गर्दै मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार सो आदेश दिएको हो।
सभामुखको गौतमको हस्ताक्षरमा ४७ जनाको बहुमत देखाएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।










