२०८१ माघ २८, सोमवार , १०:१६:४८ बजे

Sajhamanch
'

झापामा सम्झिइए नरबहादुर कर्माचार्य

मङ्गलवार, साउन ९, २०८०

झापा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १०औं स्मृति दिवस झापाको बिर्तामोडमा मनाइएको छ । नरबहादुर कर्माचार्य मोमोरियल फाउण्डेशन (एनबिके) बिर्तामोडको आयोजनामा मंगलबार प्रतिष्ठानमा स्मृति दिवस मनाइएको हो ।

स्व.नेता कर्माचार्यको तस्वीरमा फूलगुच्छा अपर्ण गरी उनले समाज रुपान्तरणका लागि खेलेको महत्पूर्ण राजनीतिक भूमिका तथा योगदानको चर्चा गरेर स्मृति दिवस मनाइएको हो ।

प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षतामा भएको स्मृति सभामा कोशी प्रदेश सांसद तथा पूर्व भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा स्वागत तथा एनबिके टेक्निकल कलेजको बिषयमा प्रशिक्षक सुधिर दासले प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि चापागाई, प्रतिष्ठानका सल्लाहकार तथा प्रदेशका पूर्वमन्त्री झलकसिंह दर्लामी, संविधानसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) झापा सचिव मोहन टुडु लगायतले संस्थापक नेता कर्माचार्यको योगदानको चर्चा गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष दर्लामीले नेता कर्माचार्यको जीवनीको चर्चा गरेको कार्यक्रमको सञ्चालन एनबिकेका सहायक प्रिन्सिपल बिष्णु चुडालले गरेका थिए ।

सम्बन्धित खबर