२०८१ माघ ३, बिहिवार , ०५:२०:४९ बजे

Sajhamanch
'

प्रविधिमैत्री शिक्षक उत्पादन लागि झापामा सञ्चालित तालिम सम्पन्न

मङ्गलवार, साउन ९, २०८०

झापा । शिक्षकहरुका लागि सूचना तथा सञ्चार प्रविधि प्रशिक्षक प्रशिक्षण सम्बन्धी सञ्चालन गरिएको ८० घण्टे तालिम सोमबार समापन गरिएको छ ।

प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिति झापाको आयोजनामा सञ्चालित सो तालिमामा ३८ जना शिक्षकहरुले अनलाइन र भौतिक उपस्थितिमा तालिम लिएका थिए । झापाका आधा दर्जन पालिकाको वित्तीय सहयोगमा तालिम सन्चालन गरिएको हो ।

तालिममा सहभागीहरुलाई भूपति वस्याल, धर्मेन्द्र भट्टराई, घनश्याम अधिकारी, बालकुमार रेग्मी, टिकाप्रसाद सुवेदी लगायतले प्रशिक्षण दिएका थिए ।
“हामी तयार छौं, बालबालिका उत्सुक छन्, प्रविधियुक्त कक्षाकोठा आजको आवश्यकता” भन्ने नाराका साथ कमल गाउँपालिका वडा नं. २ स्थित श्री कमला मदनआश्रित स्मृति माध्यमिक विद्यालयको सभाहलमा औपचारिक कार्यक्रम गरी तालिम समापन गरिएको हो ।

प्रविधीमैत्री शिक्षक समाज झापाका अध्यक्ष टिकाप्रसाद सुवेदीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रविधीमैत्री शिक्षक समाज नेपालका अध्यक्ष भूपति वस्याल प्रमुख अतिथि रहेका थिए ।

तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले भने, ‘बढ्दै गइरहेको सूचना तथा प्रविधीलाई सदुपयोग गर्दै विध्यार्थीलाई आवश्यक पर्ने प्रविधीयुक्त शिक्षण सिकाईलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न र कक्षाकोठामा विद्यार्थीको चाहना अनुसार सिकाई गर्नका लागि तालिमले ठूलो सहयोग पुगेको विश्वास छ ।’

प्रविधीमैत्री शिक्षक समाज झापाका सचिव तिलक गजमेरले सञ्चालन गरेको तालिम समापन कार्यक्रममा प्रमुख अतिथि तथा सहभागीहरुलाई समाजका उपाध्यक्ष मैया दाहालले शाब्दिक स्वागत गरेकी थिइन् ।

सम्बन्धित खबर