२०८१ पौष ८, सोमवार , ११:५९:०३ बजे

Sajhamanch
'

वायुमण्डलमा बादलको ‘ब्ल्यांकेट’, ‘ब्रेक’ हुन केही दिन लाग्ने

सोमवार, साउन ८, २०८०

काठमाडौं । वर्षा भए पनि केही दिनयता तापक्रम पनि उच्च छ । पानी परेको समयमा केही सितल महसुस भए पनि पानी रहेपछि पुनः उच्च गर्मी हुने गरेको छ ।

सोमबार (आज) काठमाडौंको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ । हिजो काठमाडौंको तापक्रम ३०.५ डिग्री सेल्सियस रहेको थियो ।

धनगढीमा हिजो देशभरकै सबैभन्दा धेरै ३६.९ डिग्री सेल्सियसदेखि तापक्रम मापन भएको थियो । भैरहवामा ३६, सिमरामा ३६.२, विराटनगरमा ३५.३ जनकपुरमा ३५.८, नेपालगञ्जमा ३६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । आज पनि यी क्षेत्रामा हिजोकै आसपासमा तापक्रम रहने उनको भनाइ छ ।

मनसुनमा पनि किन गर्मी हुन्छ ?

छिनछिनमा बादल लाग्नु र हट्नु नै यसको मुख्य कारण हो । बादल फाटेको समयमा जमिनमा आउने सूर्यको प्रकाश पुनः फर्किन नपाउनु नै अहिले गर्मी हुनुको मुख्य कारण भएको मौसमविद् गोविन्द झा बताउँछन् ।

“अहिले मौसममा बदली भइरहने क्रम चलिरहेको छ । केही समय बादल लाग्यो भने केही समयमै हट्छ । बादल हटेको समयमा सूर्यको प्रकाश पृथ्वीमा आउँछ,” मौसमविद् झा भन्छन्, “बादल फाटेको समयमा पृथ्वीमा आएको सूर्यको किरण केही समयमै बादल लाग्दा परावर्तन भएर फर्किन पाउँदैन त्यही भएर अहिले पानी परे पनि गर्मीको महसुस भएको हो ।”

सम्बन्धित खबर

आजदेखि हिउँदे वर्षा
सोमवार, पौष ८, २०८१
आजको मौसम
शुक्रवार, पौष ५, २०८१