
झापा । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस झापामा वृक्षारोपण गरी मनाइएको छ ।
नेकपा एमाले जिल्ला कमिटी झापाको आयोजनामा बिर्तामोड नगरपालिका वडा नं. ७ स्थित सुन्दर निचाझोडा सामुदायिक वनमा वृक्षरोपण गरिएको हो ।
पार्टी जिल्ला कमिटीको आयोजनामा मातहत कमिटीहरुको व्यवस्थापनमा गरिएको वृक्षारोपण कार्यक्रममा एमालेका केन्द्रीय सल्लाहकार सदस्यदेखि वटाकमिटी स्तरसम्मका सयौं कार्यकर्ताको सहभागिता थियो ।