२०८१ असोज ४, शुक्रवार , ०८:०४:४२ बजे

Sajhamanch
'

दिल श्रेष्ठ महासचिवको उम्मेदवार

आइतवार, साउन ७, २०८०

दोहा (कतार) । एनआरएनए एनसीसी कतारको २०२३–२५ कार्यकालका लागि महासचिव पदमा पत्रकार महासंघ कतारका उपाध्यक्ष दिल श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छ्न् ।

एनसीसी निर्वाचन समितिले जुलाई २१ मा प्रकाशित गरेको उम्मेदवारी आवेदकको नामावलीमा श्रेष्ठसहित रबिन मगरले महासचिव पदमा दाबेदारी दिएको जनाइएको छ ।

लामो समयदेखि कतारलाई कर्मथलो बनाएर सामुदायिक पत्रकारिता गर्दै आएका श्रेठ कतारमा रहेका विभिन्न सामाजिक सस्थाहरुमा समेत आवद्द छन् । उनलाई स्वच्छ छबि भएका सही सूचना सम्प्रेषण गर्ने पत्रकार र स्पस्ट वक्ताका रुपमा चिन्ने गरिन्छ ।

नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्षसमेत रहेका श्रेष्ठ पर्वत समाज कतारका संस्थापक महासचिव तथा हालका सल्लहाकार हुन् । एनआरएनए कतारको लामो समयसम्म सूचना तथा प्रचारप्रसार उपसमितिमा काम गरेका श्रेठ २०१७–१९ को कार्यकालमा पनि सचिव पदमा उमेदवारी दिएका थिए ।

हरेका कार्यकालमा एनसीसीलाई ठाडो प्रश्न गर्ने पत्रकार भनेर चिनिने श्रेष्ठ नै महाचिवको उम्मेद्बार बनेपछि दोहामा रहेका जानकारहरुले उनी नेतृत्वमा पुगे धेरै अनूत्तरित प्रश्नको उत्तर आउने आशा गरेका छन् ।

आफूले अन्तिम समयमा आएर दिएको उमेदवारीले कुनै विचार, वर्ग, जातजाति, धर्मसंस्कार गुट उपगुट समूहबाट नभई समाजका उठेका सवालमा जवाफदेहिता नहुनुको परिणाम रहेको उनले बताएका छन् ।

आफूलाई महासचिव पदमा विजयी गराउन एनआरएनएका अग्रज, सामाजिक अभियन्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसमक्ष उनले अनुरोध गरेका छन् ।

सम्बन्धित खबर