२०८१ पौष ९, मङ्गलवार , ०१:५०:०६ बजे

Sajhamanch
'

चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो हुनेछ आजको मौसम

आइतवार, साउन ७, २०८०

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर

आजदेखि हिउँदे वर्षा
सोमवार, पौष ८, २०८१
आजको मौसम
शुक्रवार, पौष ५, २०८१