२०८१ फागुन १, बिहिवार , ०४:२२:२५ बजे

Sajhamanch
'

साउन २४ गते विश्व आदिवासी दिवस मनाइँदै

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । आगामी साउन २४ गते २९औं विश्व आदिवासी दिवस मनाइने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघले हरेक वर्ष अगस्ट ९ का दिन विश्व आदिवासी दिवस मनाउने गर्दछ । यसवर्ष उक्त मिति साउन २४ गते परेको छ ।

महासंघको बैठकले साउन २४ गते २९औं विश्व आदिवासी दिवस मनाउन महासंघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाको संयोजकत्वमा सचिवालयका पदाधिकारीहरू सदस्य रहनेगरी मूल समारोह समिति समेत गठन गरेको छ ।

बैठकले विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिने मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आमन्त्रण गर्ने निर्णयसमेत गरिएको महासंघका महासचिव दिवश राईले जानकारी दिएका छन् ।

उक्त समारोहमा विभिन्न जातीय समुदायहरूको झाँकी तथा र्याली प्रदर्शन गरिने, फुड फेस्टिभल आयोजना गरिने एवं विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने तय भएको छ ।

विश्व आदिवासी दिवसको सन्दर्भमा अन्य विभिन्न जातीय संघ संस्थाहरूसँग मिलेर साताव्यापी विभिन्न कार्यक्रमसमेत गरिने महासंघले जनाएको छ ।

संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

सम्बन्धित खबर