काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा बुधबार भइरहेको खेलमा नेपालले युएई ‘ए’ लाई ३ विकेटले जितेको छ। श्रीलंकामा जारी यो प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको युएई ‘ए’ ले ४४ ओभरमा १५७ रन बनाएको थियो।
नेपालका ब्याट्सम्यान कुशल भूर्तेलले यो खेलमा सबैभन्दा बढी ४३ बलमा ७१ रन बनाएका थिए। देव खनालले ३८ बलमा २४ रन, सन्दिप जोराले १५ बलमा २४ रन, क्याप्टेन रोहितकुमार पौडेलले ११ बलमा ९ रन, गुल्शन झाले १८ बलमा ११ रन, कुशल मल्लले ६ बलमा २ रन र प्रतिस जीसीले ३ बलमा ८ रन बनाएका छन्।
युएई एका बलरद्घय मोहम्मद फराजउद्दीन ले ५ र मुहम्मद जावदुल्लाह ले २ विकेट लिएका हुन । फराजउद्दीनले गुलशन झा, पवन शर्राफ, कुशल भुर्तेल, डेव खनाल, सन्दीप जोरालाई आउट गरेका छन् भने जावदुल्लाहले अर्जुन साउद र रोहितकुमार पौडेललाई आउट गरेका हुन ।
पहिलो इनिङमा युएई एलाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेल एक्लैले ६ विकेट लिएका हुन। उनले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका हुन। त्यसैगरी श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफ एक एक विकेट लिएका हुन। यस अघि यी दुवै टोली दुवै खेलमा पराजित हुँदै प्रतियोगिताको पहिलो चरणबाटै बाहिरी सकेका छन्।
नेपालले पहिलो खेलमा पाकिस्तान ए सँग तथा दोस्रो खेलमा भारत ए सँग पराजय भोगेको हो। नेपाल पहिलो खेलमा पाकिस्तानसँग १ सय ७९ र दोस्रो खेलमा भारतसँग १ सय ६७ रनमा अल आउट भएको थियो।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो। युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो।