२०८१ पौष २४, बुधवार , ०६:२२:०३ बजे

Sajhamanch
'

कांग्रेसमा २२ वटा विभाग थप गर्ने महामन्त्री थापाको प्रस्ताव

बुधवार, साउन ३, २०८०

काठमाडौँ । नेपाली कांग्रेसलाई थप सशक्त बनाउन २२ वटा केन्द्रीय विभाग थप गर्न प्रस्ताव गरिएको छ। महामन्त्री गगन थापाले सोमबारदेखि सुरु केन्द्रीय कार्यसमितिको बैठकमा २२ विभाग थप गर्ने प्रस्ताव पेस गरेका हुन्।

कांग्रेसको विधानअनुसार यसअघि ४८ विभाग राखिएको थियो। त्यसमा २२ थप गरी ७० विभाग पुर्याउन महामन्त्री थापाको प्रस्ताव छ।

प्रस्तावित थप विभागहरूमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग र विकास विभाग रहेका छन् ।

यस्तै, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणीय सन्तुलन सरोकार विभाग तथा पूर्वआप्रवासी समन्वय विभाग थप गर्न महामन्त्रीको प्रस्ताव छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समितिको बैठकमा विभाग थप गर्ने विषयमा गहन छलफल गरी निर्णयमा पुगिने महामन्त्री थापाले विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित खबर