२०८१ माघ ११, शुक्रवार , १२:२९:३५ बजे

Sajhamanch
'

एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेल र नेम्वाङलाई

बुधवार, साउन ३, २०८०

काठमाडौं । सम्भवतः नेपालको राजनीतिक इतिहासमा नै पहिलो अभ्यासका रुपमा आफूभन्दा दोस्रो वरियताका दुईजना नेतालाई संयुक्त कार्यवाहकको जिम्मेवारी दिइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका हुन् ।

कम्बोडिया प्रस्थान गर्नुअघि अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेल र नेम्वाङलाई दिएको ओलीको सचिवालयले जनाएको छ ।

कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति कम्बोडिया प्रस्थान गरेका हुन् । आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ गएका हुन् । आगामी साउन ८ गते ओलीको भ्रमण दल स्वदेश फर्कने छ ।

उनको भ्रमणदलमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी लगायत ७ जनाको टोली सहभागी रहेको जनाइएको छ ।

सम्बन्धित खबर