२०८१ मंसिर ८, शनिवार , ०५:४५:४३ बजे

Sajhamanch
'

बिहानैदेखि वर्षा, दिउँसो भारी वर्षाको सम्भावना रहेकाले सतर्क हुन आग्रह

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । देशका केही भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । आज दिउँसो पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । आज बिहान वाग्मती र गण्डकी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिक देखी सामान्य रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षा तथा हावाहुरी, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

मङ्गलवार, साउन २, २०८० | Weather, मिडियाबाट साभार

सम्बन्धित खबर