२०८१ पौष १०, बुधवार , ०८:२२:५४ बजे

Sajhamanch
'

डेंगी संक्रमितको संख्या तीन हजारनजिक

सोमवार, साउन १, २०८०

काठमाडौं । सन् २०२३ को जनवरीयता नेपालमा डेंगी संक्रमितको संख्या तीन हजारनजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकानुसार जनवरीयता जुलाई १५ सम्म संक्रमितको संख्या दुई हजार ९३० पुगेको छ ।

यो अवधिमा ६६ जिल्लामा डेंगी देखिएको छ । सबैभन्दा बढी सुनसरीमा एक हजार ५७१ जना संक्रमित भएका छन् । धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या १०० भन्दा माथि छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी १०७ जना संक्रमित भएका छन् ।

सन् २०२२ मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै ५४ हजार ७७४ जनामा डेंगी देखिएको थियो । त्यति बेला डेंगीका कारण ८८ जनाको मृत्यु भएको थियो । त्यो संख्या नेपालमा डेंगी सुरु (सन् २००४) भएयताकै सबैभन्दा बढी हो ।

२०२२ मा काठमाडौंमा सबैभन्दा धेरै १४ हजार ३७६ जनामा डेंगी संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ

सम्बन्धित खबर