२०८१ मंसिर ११, मङ्गलवार , ०५:३१:३२ बजे

Sajhamanch
'

दक्षिण कोरियामा बाढीले ३९ जनाको ज्यान गयो, उद्धारमा लाग्न राष्ट्रपतिको निर्देशन

सोमवार, साउन १, २०८०

काठमाडौं । दक्षिण कोरियामा केही दिनदेखिको अविरल वर्षापछि आएको विनाशकारी बाढी र पहिरोमा परी कम्तीमा ३९ जनाको ज्यान गएको छ ।

बाढीले दर्जनौँ नागरिकको ज्यान लिएर ठूलो क्षति गरेपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले उद्धार र पुनःस्थापनाका लागि सकेजति सबै प्रयास गर्न निर्देशन दिएका छन् ।

मृत्यु हुनेमा सोमबार उत्तरी चुङचेओङ प्रान्तका १३ जना थपिएका हुन् । युक्रेनको भ्रमणपछि सियोल फर्केका राष्ट्रपति योलले प्रकोपको प्रतिक्रियाका लागि अन्तर एजेन्सी बैठक बोलाउँदै अधिकारीहरूलाई सबै प्रयास गर्न भनेका हुन् ।

“दुःखलाई दबाउन कुनै उपाय छैन । भारी वर्षामा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा सान्त्वनाको कामना गर्दछु,” राष्ट्रपतिले भने ।

ग्रीष्मकालीन मनसुन सिजनको उच्च विन्दुमा रहेको दक्षिण कोरियामा जुलाई ९ देखिको भारी वर्षाले जनजीवन प्रभावित भएको छ ।

सम्बन्धित खबर