२०८१ माघ ११, शुक्रवार , ०५:११:५४ बजे

Sajhamanch
'

नयाँ नेतृत्वले सम्हाल्यो एनएमसीको बागडोर, आजदेखि सुरुभयो कार्यकाल

सोमवार, साउन १, २०८०

झापा । सहकारी अभियानमा अग्रपङ्तिमा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा नवनिर्वाचित कार्यसमितिले असार ३० गते औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । दुई दिन पहिले सपथग्रहण गरे पनि आज साउन १ गतेदेखि गणना हुनेगरी नवनिर्वाचित नेतृत्वको कार्यकाल सुरु भएको हो ।

बिर्तामोडमा आयोजित एक विशेष समारोहमा नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका सदस्य पदाधिकारीहरुलाई सपथग्रहण गराउँदै पदस्थापन गरिएको हो ।

सो कार्यक्रममा निर्वाचन समितिका सदस्य लोकराज ढकालले जेठ १४ गते निर्वाचन प्रक्रिया पूरा गरी चार बर्से कार्यकालका लागि सर्वसम्मत एवम् निर्विरोध निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका सदस्य पदाधिकारीहरुको नाम वाचन गरेका थिए ।

जसअनुसार सञ्चालक समितिको अध्यक्षमा ठाकुरप्रसाद सिवाकोटी, वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे मैनाली, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकासप्रसाद उप्रेती र सहसचिवमा अम्बिकाप्रसाद ढकालले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् ।

निर्वाचन समितिका संयोजक संस्थाका पूर्वसञ्चालक, राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण सिवाकोटीले निर्वाचित नयाँ नेतृत्वलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

यसरी सपथग्रहण गर्ने एनएमसीका सञ्चालक समिति सदस्यहरुमा राजु उप्रेती, पवित्रा न्यौपाने, हरिप्रसाद आचार्य, कुन्तादेवी खनाल, तोमप्रसाद भट्टराई, सीताकुमारी श्रेष्ठ, दुर्गाप्रसाद भट्टराई, सावित्रा दाहाल, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद मैनाली रहेका छन् ।

यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा रचना दाहाल र सदस्यमा फाल्गुणी दाहाल र एकेन्द्र उप्रेती पनि सर्वसम्मत चयन भई सपथग्रहण पछि कार्यभार सम्हालेका छन् ।

संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती अब सञ्चालक समितिको वरिष्ठ सदस्यको रुपमा रहनेछन् ।