२०८१ माघ ८, मङ्गलवार , ०९:४६:५९ बजे

Sajhamanch
'

कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना

आइतवार, असार ३१, २०८०

झापा । झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागु हुने गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

“मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थ प्रतिबन्ध गर्ने गरी काम थालेका हौँ,” उनले भने, “भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ । सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु ।”

नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरू लागेको उनले बताए । चुरोट, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थले नगर कुरूप बनेको नगरप्रमुख पोखरेलको भनाइ छ । “बाटोमा यत्रतत्र गुट्खाको खोल देखिन्छ,” उनले भने, “यसले नगरको सुन्दरतामा असर पर्नुका साथै फोहर व्यवस्थापनमा समेत चुनौती थपिएको छ ।”

सम्बन्धित खबर