२०८१ पौष २३, मङ्गलवार , ०२:५८:४७ बजे

Sajhamanch
'

चन्द्रमामा अवतरण गराउन भारतले गर्‍यो चन्द्रयान–३ को सफल प्रक्षेपण

शुक्रवार, असार २९, २०८०

काठमाडौं । भारतको अन्तरिक्ष एजेन्सी इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन ९इसरो०ले चन्द्रमामा यान अवतरण गराउन रकेट प्रक्षेपण गरेको छ ।

शुक्रबार १४ जुलाईका दिन आन्ध्र प्रदेशको सतीस धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार २ बजेर ३५ मिनेटमा इसरोले चन्द्रयान–३ को सफल प्रक्षेपण गरेको हो ।

सबै कुरा योजना अनुरुप गएमा र यो यान चन्द्रमामा अवतरण भएमा भारत अन्तरिक्ष शक्ति बन्ने दिशामा उदाउने छ ।

सबै ठीक रहेमा अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण हुने ठानिएको छ । चन्द्रयान ३ मा ल्यान्डर, रोभर र प्रोपल्सन मोड्युल रहेको छ । यसको तौल करिब तीन हजार हजार ९०० किलोग्राम छ ।

चन्द्रमाको दक्षिणी ध्रुव नजिक रोभर अवतरण गराउन चन्द्रयान–३ मा दुई मिटर अग्लो ल्यान्डर रहेको छ । संस्कृतमा चन्द्रयानको अर्थ चन्द्रवाहन हुन्छ ।

ल्यान्डरले दुई सातासम्म काम गर्नेछ र सोक्रममा विभिन्न परिक्षणहरू गरिनेछ ।

यान प्रक्षेपण हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै भनेका छन्, “२०२३ को जुलाई १४ को दिन भारतको अन्तरिक्ष क्षेत्र सम्बन्धमा सधैं सुनौलो अक्षरमा कोरिनेछ । हाम्रो तेस्रो चन्द्र मिसन चन्द्रयान–३ लामो यात्रामा जानेछ र यो महत्वपूर्ण मिसनले हाम्रो राष्ट्रको आशा र सपना बोक्नेछ ।”

करिब चार वर्ष अघि नै भारतले चन्द्रमाको सतहमा रोभर अवतरण गराउने प्रयास गरेको थियो, जुन असफल भएको थियो ।

अवतरण सफल भयो भने संयुक्त राज्य अमेरिका, सोभियत संघ र चीनपछि यो उपलब्धि हासिल गर्ने भारत चौंथो राष्ट्र बन्ने छ ।

शुक्रवार, असार २९, २०८० | International, मिडियाबाट साभार

सम्बन्धित खबर