काठमाडौं । झापाको भद्रपुर विमानस्थल अवतरण गर्ने गरी काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।
उक्त जहाज सवा २ बजे काठमाडौंमा नै अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुलाइ झापा पठाइने बुद्ध एयरले जनाएको छ । काठमाडौं फर्किएको जहाज चेकजाँचका लागि ग्राउण्डेड गरिएको जनाइएको छ ।
काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाडौंमै फिर्ता गरिएको बताइएको छ ।