
कोसोभोको संसद् बैठकमा सांसदहरूबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्बियन आदिवासीको मुद्दामा संसद् बैठकमा भइरहेको छलफलका क्रममा प्रधानमन्त्री एल्विन कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट भएको हो ।
सांसदबीचको कुटाकुट रोक्न प्रहरी नै परिचालन गरिएको थियो । प्रधानमन्त्री कुर्तीलाई सुरक्षा घेराबाट बाहिर निकालिएको थियो । कुटाकुटपछि संसद् बैठक दुई घन्टाका लागि स्थगित भएको थियो ।ऐजेन्सी