२०८१ माघ २६, शनिवार , ०७:२१:१७ बजे

Sajhamanch
'

विश्वमा खाद्यान्न सङ्कट कोरोना महामारीअघिको स्तरभन्दा माथि

बिहिवार, असार २८, २०८०

विश्वमा खाद्यान्न सङ्कट कोरोना महामारीअघिको स्तरभन्दा माथि रहेको प्रतिवेदनले जनाएको छ । सन् २०१९ मा विश्व जनसङ्ख्याको ७ दशमलव ९ प्रतिशत भोकमरीमा रहेकामा सन् २०२२ मा यो सङ्ख्या बढेर ९ दशमलव २ प्रतिशत पुगेको छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन, अन्तर्राष्ट्रिय कृषि विकास कोष, युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनले तयार पारेको प्रतिवेदनमा सन् २०३० सम्ममा भोकमरी उन्मूलन हुने सम्भावना नरहेको उल्लेख छ । गएको वर्ष अनुमानित ६९ करोड १० लाखदेखि ७८ करोड ३० लाख मानिसले भोकमरीको सामना गरेका थिए ।

अफ्रिका, पश्चिम एसिया र क्यारेबियन क्षेत्रमा भोकमरी अझै बढ्दै गएको देखिएको छ । प्रतिवेदनमा विश्वले अझै पनि महामारीको असर खेपिरहेको र अहिले रुस–युक्रेन युद्धले थप जटिलतातर्फ लगेको उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०१९ यता खाद्य सङ्ककटबाट थप १२ करोड २० लाख मानिसलाई भोकमरीतर्फ लगेको छ ।

विश्वले आफ्नो प्रयासलाई दोब्बर बनाउन सकेन भने सन् २०३० सम्ममा भोकमरी, खाद्य असुरक्षा र कुपोषणजस्ता सबै प्रकारका खाल सङ्कटलाई उन्मूलन गर्ने लक्ष्यको पहुँचबाहिर रहने प्रतिवेदनमा भनिएको छ । एजेन्सी

सम्बन्धित खबर