![](https://sajhamanch.com/wp-content/uploads/2023/07/Sita-Dahal-funeral.jpg)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा पुर्याइएको छ ।
श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र)को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीर हजारौं मलामीजनले पशुपति आर्यघाटमा पुर्याएका छन् । अब उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ ।
पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुक लगायतले दिवङ्गत दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने सरकारले निर्णय गरेको छ ।
आर्यघाटमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, सांसद, सचिव, कुटनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित छन् ।