२०८१ पौष २३, मङ्गलवार , ०८:०९:४५ बजे

Sajhamanch
'

२०० आप्रवासी सवार डुंगा क्यानरी टापुमा बेपत्ता

सोमवार, असार २५, २०८०

काठमाडौं । स्पेनको क्यानरी टापु आसपासमा २०० अफ्रिकी आप्रवासी सवार डुंगा बेपत्ता भएको छ । स्पेनका उद्धारकर्ताले डुंगाको खोजी जारी राखेको बताएका छन् ।

गएको जुन २७ मा दक्षिणी सेनेगलको तटीय सहर काफाउन्टाइनबाट सो डुंगा अगाडि बढेको थियो । करिब एक साताअघि नै बेपत्ता भएको सोसँगै दजर्नौँ आप्रवासी सवार थप दुई डुंगा पनि बेपत्ता भएको आशंका गरिएको छ । तीनवटै डुंगामा गरी करिब ३०० जना बेपत्ता भएको अनुमान गरिएको छ ।

जुन १४ मा पनि ७५० आप्रवासी सवार डुंगा ग्रीकको तटमा भूमध्यसागरमा बेपत्ता भएको थियो । सो घटनामा ५०० बढी मानिस अझै बेपत्ता छन् ।

पश्चिमी अफ्रिकाबाट क्यानरी टापुसम्मको यात्रा आप्रवासीका लागि सबैभन्दा खतरनाक जलमार्गमध्येको एक हो ।

स्पेनी टापुमा पुग्न खोजेका ५५९ जनाको गत वर्ष समुद्रमै ज्यान गएको संयुक्त राष्ट्रसंघको इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम)ले जनाएको छ ।

सम्बन्धित खबर